काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा हाइड्रोपावरको सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा थ्रीस्टारको ४९ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई वितरण गरेको १२ लाख ३१ हजार २५० कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेका ३६ लाख ९३ हजार ७५० कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम ८५ रुपैयाँ ६५ पैसा देखि २५६ रुपैयाँ ९५ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर आइतबारदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ । कम्पनीको सेयरलाई नेप्सेले टिएसएचएल कारोबार संकेत प्रदान गरेको छ।
यस्तै अप्पर साङ्गेको २२ लाख कित्ता सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई वितरण गरेको ८ लाख ७० हजार कित्ता शेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेका १३ लाख ३० हजार कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम ८४ रुपैयाँ ५४ पैसा देखि २५३ रुपैयाँ ६२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर आइतबार देखि कम्पनीको सेयर कारोबारमा आउनेछ । कम्पनीको सेयरलाई नेप्सेले युएसएचएल कारोबार संकेत प्रदान गरेको छ ।




