हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ दरका २ लाख ९२ हजार ५०० कित्ता सेयर निष्काशन गरेको थियो ।

सो आईपीओमा २७ हजार २३६ आवेदन मार्फत १४ लाख १७ हजार ४४० कित्ता सेयरको माग भएको थियो । जसमध्ये २७ हजार २३१ आवेदन स्वीकृत भएका छन् । भने ५ आवेदन रद्द भएका छन्।

स्वीकृत आवेदकमध्ये १४ हजार ६२५ जनाले २० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *