घोराही सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा घोराही सिमेन्ट इण्डष्ट्री साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । कम्पनीको आईपीओ बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नीपाली,उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई वितरण गरेको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेका ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम २२६ रुपैयाँ ६१ पैसा देखि ६७९ रुपैयाँ ८३ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर आइतबारदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ । कम्पनीको सेयरलाई नेप्सेले जीसीआईएल कारोबार संकेत प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *