काठमाडौं । राप्रपाको उपाध्यक्षमा मनोनीत भएका दिलविकास राजभण्डारीले श्रीपेच लगाएको तस्बिर सार्वजनिक भएपछि उक्त विषयले चर्चा पाएको छ ।
हालै मात्रै अध्यक्ष राजेन्द्र लिङ्देनले राजभण्डारीलाई पार्टीको नवौँ उपाध्यक्षका रुपमा मनोनीत गरेका थिए । उपाध्यक्षमा मनोनीत भएसँगै भण्डारीले श्रीपेच लगाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो ।
आफूलाई राजा बन्न इच्छा भएर वा अरु कुनै सन्देश दिनका लागि उक्त श्रीपेच नलगाएको दिलविकासको भनाइ छ ।







