सुन प्ररकणबारे रास्वपा– ‘अर्थका सचिव हुन्, चाहे प्रहरी प्रमुख, संलग्नता शंकाको विषय भयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्विन्टल सुन तस्करी प्रकरणका सन्दर्भमा अर्थ मन्त्रालयका सचिव र प्रमुख प्रमुखमाथि प्रश्न उठाएका छन् । बुधबार पनि नेकपा एमालेले संसद अवरोध गरेपछि संसद्बाहिर फरक शैलीमा विरोध जनाउँदै रास्वपा सभापति रवि लामिछानेले उच्च तहको संलग्नता विना यति ठूलो सुन तस्करी हुन नसक्ने दाबी गरे ।

सञ्चारकर्मीलाई प्रतिक्रियाँ दिँदै लामिछानेले भने, ‘मन्त्रालयस्तरमा कसको संलग्नता छ म भन्न सक्दिन, तर यति ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन । यसकारण अनुसन्धान गरिरहँदा चाहे अर्थ मन्त्रालयका सचिव हुन्, चाहे प्रहरी प्रमुख नै किन नहुन्, उहाँहरुको संलग्नता छ कि छैन भन्ने शंकाको विषय भयो ।’

मंगलबारको संसद बैठकमा गृहमन्त्रीले दिएको जवाफमाथि केही प्रश्न उठाए । गृहमन्त्रीले ३५ दिन समय मागेको भन्दै उनले यसलाई अन्यथा भन्न नमिल्ने बताए । तर कुन कानुन टेकेर राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धान केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा पठाएको भनेर प्रश्न गरे ।

सीआईबी ३५ दिन दिने गृहमन्त्रीको प्रस्तावमा शंका नगर्ने उनले बताए । तर अहिले जिम्मेवारीमा भएका मानिसहरुलाई राखेर अनुसन्धान गर्दा प्रभावित हुन सक्ने भन्दै उनले भने, ‘भन्सारको सिंगो सेट, अर्थ सचिवदेखि अर्थ मन्त्रालयको सिंगो सेट, प्रहरी प्रमुखदेखि सिंगो सेटलाई निलम्बन वा अहिले त्यहाँ सहभागी हुन नपाउने व्यवस्था नभई सीआईबीले विना प्रभाव यो काम गर्न सक्ला र ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *