बिहीबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ २१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८३ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको २ पैसा घटेको हो।युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ १० पैसा र बिक्रीमा १४५ रुपैयाँ ७६ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ४७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९२ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ११ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३० पैसा र बिक्रीमा ३६ रुपैयाँ ४६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ र बिक्रीमा ३६ रुपैयाँ १६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ९२ पैसा र बिक्रीमा २९ रुपैयाँ ०५ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८३ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३० पैसा तोकिएको छ।
अर्थ सन्जाल