काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज (मंगलवार) पनि निरन्तरता पाएको छ ।
आज नेप्से परिसूचक २८.४० अंकले घटेर २,०१९.८५ बिन्दुमा झरेको छ । ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.८६ अंकले ३८५.५६ बिन्दुमा झरेको छ ।
आज १३ वटै उपसूचकको सेयरमूल्य घटेको छ । नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७३ करोड ७० लाखमाथिको कारोबार भएको छ ।







