संसद् चल्दैन, मात्र बार्गेनिङ चल्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले वर्षौंदेखि देशलाई प्यारालाईज्ड गराउनुको कारण आफूहरूले बुझ्दै गएको बताएका छन् । ठूला दलहरूबीच सहमति जुट्न नसक्दा संसद् चल्न नसेको विषयप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो बताएका हुन् ।

कयौं कानुन बनाउनुपर्ने, कयौंमा संशोधन गर्नुपर्ने र जनसरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नुपर्ने भएपनि बार्गेनिङ मात्र चलेको तर संसद् चल्न नसकेको टिप्पणी गरेका छन् । सदन सुचारु गर्नेबारे माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत छलफमा जुटेका बेला रास्वपा सभापति लामिछानेले यसतो आरोप लगाएका हुन् ।

‘वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दुःखद..’ लामिछानेले सामाजिक संजलामा भनेका छन् ।

साेमबार दिउँसाे १ बजेका लागि बाेलाइएकाे संसद् बैठक प्रमुख दलहरूबीच सहमति नजुटेकै कारण ४ बजेलाई सारिएकाे थियाे । संसदको अवरोध खोल्ने विषयमा प्रचण्ड, देउवा र ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर मंगलबार दिउँसा ३ बजेलाई सारिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *