कृषि विकास बैंकले सच्चायो वित्तीय विवरणमा भएको त्रुटी

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा सच्चाएको छ । बैंकले साउन २० गते प्रकाशित वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयरमा भएको त्रुटी सच्च्याएको हो ।

वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयर १९.८९ रुपैयाँ उल्लेख थियो । अघिल्लो वर्ष यो ३५.६१ रुपैयाँ रहेको भनिएको थियो । उक्त विवरणमा त्रुटी भएको भन्दै बैंकले आज एक सूचना प्रकाशित गरी भुल सुधार गरेको हो ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा वितरणयोग्य आम्दानी प्रतिसेयर १४.९२ रुपैयाँ र अघिल्लो वर्ष सोही अवधिमा २६.७० रुपैयाँ रहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *