शेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ७६ करोडकाे कारोबार

काठमाडौं । आज पनि शेयर बजार सामान्य घटेर बन्द भएको छ । नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ को विन्दुमा कायम भएको छ ।

आज ३५२ कम्पनीको १ करोड २६ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड माथिको शेयर कारोबार भएको छ । आज १०९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ । आज १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २२ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १८ करोड ७२ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.३७ प्रतिशतका दरले कमाएका हुन् । सयपत्री हाइड्रोका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोका लगानीकर्ताले ७.३१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३.७८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *