काठमाडौं । नबिल बैंकले ४ लाख कित्ता बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक समूहको ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा ल्याएको हो।
बिक्रीमा राखिएको उक्त सेयरमा व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सकिनेछ। यसअघि विद्यमान संस्थापक लागिमात्र बिक्रीमा ल्याएकोमा खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।
इच्छुक लगानीकर्ताले ७ दिनभित्र काठमाडौंको नक्साल नारायणचौर स्थित बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैकिङ्गबाट सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।




