महेश बस्नेतको अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह

काठमाडौं — नेकपा (एमाले)का सचिव महेश बस्नेतले सुनसरीको देवानगञ्जमा भएको घटनापछि धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र आम नागरिकले मिलेर समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्ने बताएका हुन्। उनले एकअर्काप्रति संयमित हुँदै सामाजिक सद्भाव जोगाउन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन्।

घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।

बस्नेतले नेपाली–नेपालीबीच द्वन्द्व र विभाजन गराउने कुनै पनि षड्यन्त्रविरुद्ध एकजुट हुनुपर्ने उल्लेख गर्दै देशलाई हिंसा होइन, शान्ति, सद्भाव र राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।

देवानगञ्जमा भएको घटनापछि विभिन्न राजनीतिक दलका नेताहरूले संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न र घटनाको निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गर्दै आएका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *