अप्पर लोहोरे खोलाको आईपीओमा आवेदन दिने भोली अन्तिम दिन, आजसम्म कति पर्यो आवेदन ?

काठमाडौं । अप्पार लोहोरे खोला हाइड्रोपावरले निष्काशन गरेको आईपीओमा १ अर्ब १९ करोड ६५ लाख १२ हजार रुपैयाँ संकलन भएको छ । आज साउन २१ गते साँझ ५:०६ बजेसम्म १० लाख ५० हजार १९६ जनााले १ करोड १९ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीको आईपीओमा आवेदन दिने भोली अथवा साउन २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हो ।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइ बाँडफाँट भइसकेको छ । कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओ साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *