ग्लोबल आइएमई बैंक खुद नाफा ४६.२६ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफानै ३ अर्ब नजिक

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.२६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर ८ रुपैयाँ २७ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५३.९३ प्रतिशत र कर्जा लगानी ३८.०९ प्रतिशतले बढेको छ। बैंकको खराब कर्जा बढेर ३.१२ प्रतिशतमा पुगेको छ ।

हाल सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।  बैंकहरुको नाफा अघिल्लो वर्षको तुलनामा २४.९३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । १८ वटा बैंकले आफ्नो नाफा बढाएका छन् भने २ वटा बैंकको नाफा घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *