काठमाडाैं । साताको पहिलाे दिन आईतवार सेयर बजार दोहोरो अंकले गिरावट आएको छ। बजार आज नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ को विन्दुमा झरेको छ।
त्यसैगरी, नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीका ८० लाख ७ हजार ३६१ कित्ता सेयर २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४.५५ रुपैयाँमा किनबेच भएका छन्।
आज सानिमा बैंकको सर्वाधिक १२ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
एभरेस्ट बैंकको १२ करोड २१ लाख रुपैयाँब, एनआईसी एसिया बैंकको ११ करोड १२ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ८८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ८ करोड ५५ लाख रुपैयाँ, कृषि विकास बैंकको ७ करोड ४५ लाख रुपैयाँ, कुमारी बैंकको ७ करोड ४२ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ९८ लाख रुपैयाँ, प्रभु बैंकको ६ करोड ८६ लाख रुपैयाँ र प्रोग्रेसिभ फाइनान्सको ६ करोड ६९ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।




