कुमारी बैंकको वित्तीय अवस्था कस्तो छ ?

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म कुमारी बैंकको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको खुद नाफा २४.१४ प्रतिशतले घटेर १ अर्ब ९५ करोड रुपैयाँमा खुम्चिन पुगेको हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा १५.२४ प्रतिशतले घटेर ३ अर्ब ३ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ५७ करोड रुपैयाँ थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ७७.११ प्रतिशतले बढेर ११ अर्ब १ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६ अर्ब २१ करोड रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा अनुपात (एनपीएल) १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ ।

बैंकको खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज २१ करोड ८१ लाख रुपैयाँ थियो।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। यो अवधिमा बैंकले ३ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५७.४७ प्रतिशतले घटेर ७.४६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.५४ रुपैयाँ थियो। पीई रेसियो २२.१२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४०.४७ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *