नबिल बैंकको नाफा साढे सात अर्ब बढी, अन्य सूचकमा पनि उत्साहजनक प्रगति, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० मा उत्साहजनक प्रगति गरेको छ । यो बैंकले गत आर्थिक वर्षको सर्वाधिक नाफा कमाएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मबैंकले ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा हाल सञ्चालनमा रहेका बैंकहरूमध्येकै सबैभन्दा बढी हो । अघिल्लो वर्ष बैंकले ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले बैंकको नाफा ७६.८६ प्रतिशतले बढेको हो।

असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन मुनाफा ७५.३६ प्रतिशतले बढेर ११ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६ अर्ब २८ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ०.६४ प्रतिशत थियो । बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो चार्ज १ अर्ब ११ करोड रुपैयाँमा सीमित थियो।

२७ अर्ब ५ कराड करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ सञ्चित छ । बैंकले ३ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ४९.२५ प्रतिशत बढेर २७.८२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.६४ रुपैयाँ थियो। पीई रेसियो २१.५४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१४.६९ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *