काठमाडाैं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य स्थिर रहेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार पनि मूल्य स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।







