वाणिज्य बैंकहरुमा निक्षेप एक अर्बले बढ्दा एक अर्बले घट्यो कर्जा लगानी

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप एक अर्बले बढ्दा कर्जा लगानी पनि  एक अर्बले घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा साउन १७ गते बुधबारसम्ममा निक्षेप ४९ खर्ब ४६ अर्ब छ । अघिल्लो दिन गत मंगलबार ४९ खर्ब ४५ अर्ब थियो । त्यस्तै साउन १७ गते बाणिज्य बैंकहरुको कर्जा लगानी घटेर ४२ खर्ब ९३ अर्बमा झरेको छ । अघिल्लो दिन ४२ खर्ब ९४ अर्ब थियो ।

त्यस्तै गत बुधबार समग्र बैंकिङ प्रणालीमा कूल ५६ अर्ब १६ अर्ब निक्षेप हुँदा अघिल्लो दिन ५६ खर्ब १५ अर्ब थियो । त्यस्तै बुधबार कूल कर्जा लगानी ४८ खर्ब ५३ अर्ब छ भने अघिल्लो दिन ४८ खर्ब ५५ अर्ब थियो । अन्तरबैंक ब्याजदर घटेर ५.४८ प्रतिशतमा झरेको छ । अघिल्लो दिन पनि ५.५१ प्रतिशत प्रतिशत थियो ।

सीडी रेसियो बढेर ८३.३८ प्रतिशत कायम भएको छ भने अघिल्लो दिन गत मंगलबार ८३.४२ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *