

काठमाडौं । कुमारी बैंकले साढे ७ लाख भन्दा बढी कित्ता सेयर बिक्रीमा राखेको छ।
शुक्रबार बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६सय ९९ कित्ता बराबरको सेयर बिक्रीमा राखेको हो। शेयर खरिदमा संस्थापक सेयरधनीसँगै जो कोही व्यक्ति तथा संस्थाले पनि आवेदन दिन सक्ने बैंकले जनाएको छ।खरिद आवेदन दिने अन्तिम म्याद भदौ १ गते सम्म रहेको छ ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको छ। बैंकको सेयरका लागि बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटललाई तोकिएको छ ।काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा पुगेर इच्छुक लगानीकर्ताहरुले खरिद आवेदन दिनसक्नेछन् ।
Artha Sanjal

अर्थ सन्जाल