एजेन्सी । नेपालका विभिन्न भागमा अहिले डेंगुको प्रकोप तीव्र गतिमा बढिरहेको छ । डेंगुबाट आउने ज्वरोबाट बच्नका लागि घरमै केही उपाय गर्न सकिन्छ ।
पानी जम्मा हुन नदिने
डेंगु फेलाउने एडीज एजिप्टी जातका लामखुट्टेले जमेको पानीमा प्रजनन गर्छन्, त्यसैले घरको आसपास कनुै पनि प्रकारको जम्मा भएको पानी छ भने सफा गर्नुपर्दछ । यस्ता ठाउँमा नियमित रुपमा चेकजाँच पनि गर्नुहोस् । जस्तै फूलका भाँडा, घरबाहिर फालिएका भाँडा, बाल्टी आदिमा जमेको पानीलाई ध्यान दिनुहोस् । समयमा सरसफाई गर्नुहोस् ।
झुलको प्रयोग
सुत्ने बेला आफ्नो सुरक्षाका लागि झुलको प्रयोग गर्नुहोस् । बच्चाहरु दिउँसोमा पनि सुत्ने गर्छन् त्यसैले उनीहरुलाई झुल अवश्य लगाइदिनुहोस् । किनकी डेंगुका लामखुट्टे प्रायः दिउँसोमा सक्रिय हुन्छन् ।
शरीर ढाक्ने लुगा
लामखुट्टेको गतिविधि बढ्ने समय बिहान तथा साँझमा सकेसम्म सम्पूर्ण शरीर ढाक्ने लुगा लगाउनुहोस् । लामो बाहुला भएको लुगा तथा मोजा लगाएर बस्ने गर्नुहोस् ।
झ्यालमा ढोकामा जालि पर्दा
लामखुट्टेलाई आफ्नो कोठामा प्रवेश गर्नबाट रोक्न साँझ तथा बिहानको समयमा झ्याल ढोकामा पर्दा लगाउने, ढोका तथा झ्यालमा जालीको प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ । जाली नभएमा लामखुट्टे धेरै क्रियाशील हुने समयमा झ्यालढोका बन्द गर्नु पर्दछ ।
सरसफाई
कुनै पनि प्रकारको लामखुट्टे तथा किराबाट बच्न घर तथा वरिपरिको स्थानलाई सफा राख्नुहोस् । विशेष गरी घरभित्र पनि सरसफाईलाई ध्यान दिनुहोस् ।
स्वास्थ्य जाँच गर्ने
यदि धेरै ज्वरो, टाउको दुखाई, शरीर दुख्ने तथा मांसपेशीमा दुखाई जस्ता लक्षण देखियो भने तुरन्त डाक्टरसँग चेकजाँच गराउनुहोस् । किनकी यो डेंगुको लक्षण पनि हुन सक्छ ।







