निजी क्षेत्रलाई कर्जा दुरूपयोगको दोष नलगाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कर्जा दुरूपयोगको दोष निजी क्षेत्रलाई मात्र नलगाउन आग्रह गरेका छन् । महासंघ कार्यकारिणी समितिको सय दिनको काम समीक्षा गर्ने क्रम अध्यक्ष ढकालले निजी क्षेत्रलाई मात्र दोष दिन नमिल्ने बताएका हुन् ।

अध्यक्ष ढकालले सबै क्षेत्रबाट कमी–कमजोरी भएको भन्दै सबै मिलेर समस्या समाधान गर्न आवश्यक रहेको बताए । ‘सबै क्षेत्रबाट कमी–कमजोरी भएको हो। सबै मिलेर समस्या समाधान गर्न आवश्यक छ,’ उनले भने, ‘हालको अवस्थामा समस्यामा रहेका व्यवसायीलाई मात्र सरकारले दोष लगाउन मिल्दैन।’

निजी क्षेत्रलाई आफ्नो ऋण व्यवस्थापन निम्ति समय दिन आवश्यक भएको अध्यक्ष ढकालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *