महाअष्टमीमा पनि घर फर्कने यात्रुको चाप, ४ लाख ९६ हजार उपत्यकाबाहिर

काठमाडौँ। नेपालीको महान् पर्व बडादसैँ अन्तर्गत महाअष्टमीको दिन आइतबार पनि घर फर्कने यात्रुहरूको चाप निकै देखिएको छ।

महाअष्टमीको दिन नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप देखिएको छ।

घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

उनले अष्टमीको दिन बिहान उपत्यका बाहिरिने गाडीको चाप बढी देखिएपनि त्यसपछि भने क्रमशः कम हुँदै गएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *