काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । सेबोनले आफ्नो वेबसाइटमार्फत् धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
बोर्डले धितोपत्र बजार, बस्तु बजार तथा व्यवसायीहरूलाई प्रभावकारी सुपरिवेक्षण गर्नका लागि सुपरिवेक्षण म्यानुअल तयार गरी लागू गरिने गर्ने जनाएको छ ।
बोर्डका अनुसार जग्गा खरिद तथा प्राप्त गर्ने र भवन निर्माण कार्य अगाडि बढाइनेछ । साथै, आफ्नो कामलाई उपत्यकाबाहिर पनि विस्तार गर्ने उद्देश्यले पहिलो चरणमा २ वटा प्रदेशमा प्रादेशिक नियमन संरचना स्थापना गर्न आवश्यक अध्ययन गर्ने बोर्डले बताएको छ ।




