बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था ल्याउँदै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था लागू गर्ने भएको छ । बोर्डले आज सार्वजनिक गरेको चालु आर्थिकको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिने नीति लिएको हो।

हाल केही संगठित संस्थाहरुले बोनस सेयरका लागि लगानीकर्ताहरुलाई कर तिर्न लगाउन पाउने व्यवस्था थियो। धेरै संगठित संस्थाले भने लाभांश घोषणा गर्दा कर प्रयोजनका लागि रकम छुट्याउँदै आएका थिए। अब सेबोनले जारी गर्ने निर्देशनपछि भने संगठित संस्थाहरुले अनिवार्य रुपमा बोनसमा लाग्ने करलाई अनिवार्य रुपमा नगद लाभांशबाट मिलाउन गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *