राष्ट्र बैंकले भन्यो, ‘लघुवित्तबाट पीडित भए गुनासो टिपाउनुहोस्’

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीहरुलाई आफ्नो गुनासो टिपाउन आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै नियमबाहिर गई कुनै पनि लघुवित्त संस्थाले काम गरेको पाइए कारबाही गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

‘लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत अन्य जुनसुकै गुनासो भएमा टोल फ्रि नम्बर १८१०५००००२२ मार्फत गुनासो दर्ता गर्न सकिनेछ’ राष्ट्र बैंकले भनेको छ ।

gunaso.nrb.org.np बाट पनि निवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । लघुवित्तबाट ऋण लिएकार लिएर आफूहरु पीडित बनेको भन्दै ऋणीहरु केही दिनयता राजधानीमा विरोध प्रदर्शन गर्दै आएका छन् । यसअघि लिएको ऋण मिनाहा गर्नुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्नेजस्ता माग राखेर उनीहरु विरोधमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *