काठमाडौं । नेपाली बजारमा बिक्री वितरण भइरहेको रारा ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै उक्त चाउचाउ उत्पादन गर्ने कम्पनीलाई बजारमा पठाइएका उत्पादन फिर्ता ल्याउन र थप बिक्री वितरणमा पूर्ण रूपले रोक लगाउन निर्देशन दिएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(८) को प्रावधान बमोजिम ब्याच नं REG 01 का सबै चाउचाउमा कैफियत भेटिएको विभागले जनाएको छ ।
२०२६ फेब्रुअरी ५ मा उत्पादन भइ आगामी १२ महिना अर्थात् २०२७ फेब्रुअरी २०२७ सम्म उपभोग्य मिति राखिएको छ ।
विभागले चाउचाउ न्यून गुणस्तरको पाएपछि उक्त ब्याचका सबै चाउचाउलाई बजारबाट फिर्ता बोलाउनुका साथै तत्कालका लागि बिक्री वितरणमा समेत रोक लगाएको छ ।
न्यून गुणस्तरको पाइएको ६० ग्राम तौलको रारा तयारी चाउचाउ हिमश्री फूड प्रालि पोखराले उत्पादन तथा बिक्री गर्दै आइरहेको छ ।
आम उपभोक्तालाई पनि आफ्नो स्वास्थ्य ध्यानमा राख्दै उक्त उत्पादन मिति र ब्याच नम्बर भएको रारा चाउचाउ खरिद नगर्न र उपभोग नगर्न सूचित गरिएको छ ।





