काठमाडौँ । कुमारी बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं नम्बर १४ मा रहेको कुलेश्वर र वडा नम्बर ४ मा रहेको धुम्बाराहीमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
साउन १० गतेबाट यी शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखाहरु विस्तार गरिएको जनाएको छ । यीसहित अब बैंकका देशभर ३०४ शाखा संचालनमा रहेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल