

काठमाडौं । आर्थिक वर्ष २०७९-८० मा अहिलेसम्मकै सबैभन्दा धेरै विद्युतीय सवारी भित्रिएका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालमा ४ हजार ५० वटा विद्युतीय सवारी भित्रिएका हुन् । यो हालसम्मकै धेरै भएको विगभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा नेपालमा जम्मा १ हजार ८ सय ७ वटा विद्युतीय सवारी भित्रिएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको आयात करिब १२५ प्रतिशतले बढेको छ ।
नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाटभन्दा माथि क्षमताका सवारी साधन आयात हुँदै आइरहेका छन् । विभागका अनुसार सर्वाधिक विद्युतीय सवारीको आयात हुँदा नेपालबाट ११ खर्ब ८१ अर्ब रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७८ मा विद्युतीय सवारीमा ५ अर्ब ३१ अर्ब रुपैयाँ बाहिरिएको थियो ।
विभागका अनुसार जेठ र असार महिनामा मात्रै ११ सय भन्दा धेरै विद्युतीय सवारी भित्रिएका छन् ।

अर्थ सन्जाल