अर्थ सन्जाल
१७ आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

लगानीकर्ता भन्छन्, ‘निराश हुनुपर्ने केही छैन, मौद्रिक नीति सकारात्मक छ’

  • सरस्वती अधिकारी
  • ८ श्रावण २०८०, सोमबार १७:१९


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आइतबार सार्वजनिक गर्‍यो । मौद्रिक नीति सार्वजनिक भएसँगै निजी क्षेत्रले पनि आआफ्नो प्रतिक्रिया दिइरहेका छन् । कसैले मौद्रिक नीतिले अर्थतन्त्रलाई बलियो बनाउने कुरामा जोड दिएको बताएका छन्, भने कसैले सोचे अनुरुपको नभएको प्रतिक्रिया दिइरहेका छन् ।

सेयर लगानीकर्ताहरुले मौद्रिक नीतिलाई विशेष रुपमा हेरेका थिए । लगानीकर्ताहरुले पनि मौद्रिक नीतिलाई हेरेर मिश्रित प्रतिक्रिया दिइरहेका छन् । मौद्रिक नीति सार्वजनिक भएलगत्तै उछाल आएको सेयर बजारमा आज (सोमबार) भने २६ अंकको गिरावट आएको छ । पर्ख र हेर भन्ने आसयसहित आएको मौद्रिक नीतिका कारण बजारमा थोरै करेक्सन देखिए पनि बजार बढ्ने जानकारहरु बताउँछन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ‘सेयर धितो कर्जा, घरजग्गा कर्जा तथा सवारीसाधन कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ’, भनी उल्लेख गरिएको छ । जसको सकारात्मक प्रभाव सेयर बजारमा पर्दै जानेमा लगानीकर्ताहरु आशावादी छन् ।

गभर्नर महाप्रसाद अधिकारीले पनि मौद्रिक नीतिबारे जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमार्फत सेयर, घरजग्गा र सवारीसाधन धितो कर्जाको जोखिम भार कति संशोधन गर्ने भन्नेमा राष्ट्र बैंक स्पष्ट रहेको बताए ।
गभर्नर अधिकारीले सेयर धितो कर्जाको जोखिम २५ लाखभन्दा सानो कर्जामा एक सय प्रतिशत जोखिम भार लागू हुने र त्योभन्दा बढीको हकमा एक सय ५० प्रतिशत लागू हुने व्यवस्थालाई संसोधन गरेर २५ लाखको थ्रेसहोल्डलाई रु ५० लाखसम्म बनाउन सकिने गरी राष्ट्र बैंकले नयाँ व्यवस्था गर्न लागेको स्पष्ट पारेका हुन् ।
जोखिम भारले सेयर बजारलाई खुकुलो बनाउने देखिएको छ । दुई वर्षअघि लागू गरिएको सेयर धितो कर्जाको जोखिम २५ लाखभन्दा सानो कर्जामा एक सय प्रतिशत जोखिम भार लागू हुने र त्योभन्दा बढीको हकमा एक सय ५० प्रतिशत लागू हुने व्यवस्था गरिएको थियो।

त्यसैगरी राष्ट्र बैंकले घरजग्गा व्यवस्थापनमा जुन संस्थाहरू सरकारको नियमअनुसार इजाजत लिएर काम गरिरहेका छन्, त्यस्तो आवासीय घर निर्माणका लागि प्रदान गरिने कर्जामा एक सय ५० प्रतिशतलाई एक सय प्रतिशत बनाउन लागेको छ ।

त्यस्तै, सानो आकारको सवारी कर्जाको जोखिम कम गर्न खोजिएको पनि गभर्नर अधिकारीको भनाइ छ । विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्नेबारे राष्ट्र बैंकको बोर्डमा छलफल भइसकेको र यो विषयसँग सम्बन्धित परिपत्र चाँडै जारी गरिने उनले जानकारी गराएका थिए ।
सेयर कर्जामा १२ करोडको सीमा खारेज गरिनुपर्ने र बैंक ब्याजदर घटाउनुपर्ने मागमा भने मौद्रिक नीति मौन रहेको देखिएको छ ।

लगानीकर्ता रोहन कार्की भने मौद्रिक नीति समग्रमा सकारात्मक आएको बताउँछन् । राष्ट्र बैंकले बिस्तारै मुठ्ठी खोल्दै गएको र पुँजीबजारप्रति लचक हुन थालेको उनले बताए । उनी भन्छन्, ‘जोखिम भार पुनरावलोकन गरिने भन्दा सबैमा पुनरावलोकन हुन्छ भनेर उत्साहित भएको अवस्था हो । बुझाईअनुसारको नहुँदा लगानीकर्तामा थोरै खिन्नता चाहिँ भएको हुनसक्छ । तर समग्रमा मौद्रिक निजी एकदम सकारात्मक छ ।’

नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर घटाइ नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राख्नेलगायतका व्यवस्था पनि सकारात्मक नै रहेको उनले बताए ।

मौद्रिक नीतिलाई लिएर निरास हुनेपर्ने केही नरहेको र यसले बजारलाई थप मजबुत बनाउने उनले बताए ।

अर्का लगानीकर्ता तिलक कोइराला पनि सेयर बजार मात्र नभई समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्ने गरी मौद्रिक निजी आएको बताउँछन् । मौद्रिक नीतिमा पुँजी बजारलाई असर पार्ने केहि नभएको उनले बताए । ५० लाखसम्मको कर्जामा जोखिमभार घटाएर प्रोत्साहन गरेको उनले बताए । उनी भन्छन्, ‘पुँजी बजारलाई मात्र होइन समग्र अर्थतन्त्रलाई नै दिशाबोध गर्ने गरी मौद्रिक नीति आएको छ । आन्तरिक उत्पादन बढाउने कुरालाई पनि मौद्रिक नीतिले जोड दिएको छ । समग्रमा वित्तीय क्षेत्रको लागि एकदम सकारात्मक छ । यसको प्रभावकारी कार्यन्वयनले संकटको डिलमा रहेको अर्थतन्त्रलाई उकास्न सहयोग पुर्याउँछ ।’

राष्ट्र बैंकले सबैलाई राहत हुने गरी मौद्रिक नीति ल्याएको उनको भनाइ छ ।

यता अर्की लगानीकर्ता राधा पोखरेल भने मौद्रिक नीति लगानीकर्ताले अपेक्षा गरेजस्तो नभएको बताउँछिन् ।
मौद्रिक नीतिले लगानीकर्तालाई अन्यौल उनले बताइन् । उनी भन्छिन्,‘मौद्रिक नीतिमार्फत जोखिम भार पुनरावलोकन गरिने भनिएको थियो । तर गभर्नरले सबै कर्जामा जोखिम भार नघट्ने भन्नुभयो । पुनरावलोकनले सबै प्रकारको जोखिमभार सय प्रतिशतमा झर्ने लगानीकर्ताके विश्वास गरेका थिए । जसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको थियो । पछि पत्रकार सम्मेलनमा गभर्नरले दिनुभएको प्रतिक्रियाले अन्योलमा छौं ।’

मौद्रिक नीतिमा एउटा र पत्रकार सम्मेलनमा अर्को कुरा भएको उनले बताइन् । मौद्रिक नीति बजारमैत्री नआए पनि अब बजारले गति लिँदै जानेमा विश्वस्त रहेको उनी बताउँछिन् ।

Artha Sanjal
मिती : ८ श्रावण २०८०, सोमबार १७:१९ बजे प्रकाशित

सरस्वती अधिकारी

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.