आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज ठूलो नेपाल गोलभेडा प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा, सानो लोकल गोलभेडा ४३ रुपैयाँ, टनेल गोलभेडा, लौका, रातो बन्दा र लोकल नासपाती ६५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ ८० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ४१ रुपैयाँ प्रतिकिलो रहेको छ ।

यस्तै, सेतो आलु ३९ रुपैयाँ, सुकेको प्याज ५० रुपैयाँ ६० पैसा, लोकल गाँजर १२ रुपैयाँ, लोकल बन्दा १३ रुपैयाँ ८० पैसा, स्थानीय काउली ६६ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८६ रुपैयाँ ६७ पैसा, रातो मूला र लोकल सिमी ३५ रुपैयाँ, लाम्चो भन्टा ४२ रुपैयाँ ५० पैसा, तने बोडी ४३ रुपैयाँ, मकै बोडी र भिण्डी प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, राजमा घिउ सिमी, भटमासकोशा, पिँडालू, हरियो लसुन, गान्टे मूला र रायोको साग ७५ रुपैयाँ, टाटे सिमी १३० रुपैयाँ, तितो करेला, झिगूनी, स्कूस र तोरीको साग प्रतिकेजी ५५ रुपैयाँ, हरियो प्याज ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७६ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, कुरीलो २८० रुपैयाँ, न्यूरो ७६ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, सेलरी र पुदीना १३५ रुपैयाँ, पार्सले ३२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यसैगरी, फूजी स्याउ ३७५ रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ३९० रुपैयाँ, मालदह आँप १५५ रुपैयाँ, दसहरी आँप १४५ रुपैयाँ, चोसा आँप १५५ रुपैयाँ, कलकत्ते आँप र हरियो तरबुजा ८५ रुपैयाँ रहेको छ ।

हरियो अंगुर ४७५ रुपैयाँ, भुइँ कटहर प्रतिगोटा १६५ रुपैयाँ, रूख कटहर ४३ रुपैयाँ ३३ पैसा, किवी ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २७६ रुपैयाँ र अकबरे खुर्सानी प्रतिकेजी ५५० रुपैयाँ, भेडे खुर्सानी ८६ रुपैयाँ र हरियो धनियाँ ११० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *