सुनचाँदीको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा आज लगातार तेस्रो दिन पनि सुन–चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो  ५०० रुपैयाँले घटेको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *