काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ३७ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ।
नेप्सेमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ३७ लाख १२ हजार ३४५.५० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ।
अघिल्लो आर्थिक वर्षमा नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
Artha Sanjal






