विदेश जानेले बोक्न पाउने डलरको सीमा बढाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीलाई २ हजार ५ सय अमेरिकी डलर बोक्न पाउने नीति ल्याएको छ । केन्द्रीय बैंकले आइतवार सार्वजनिक गरेको मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो ।

यसअघि १ हजार ५ सय डलर दिँदै आएको राष्ट्र बैंकले चालू मौद्रिक नीतिमार्फत वर्षमा दुईपटक विदेश भ्रमणमा जाने जोसुकै नेपालीलाई २ हजार ५ सय डलर दिने भएको हो।

गत आर्थिक वर्षमा विदेशी मुद्रा सञ्चितिमा परेको चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीलाई दिने विदेशी मुद्रा सटहीमा सुविधा घटाएको थियो ।

तर, गत वर्ष मध्यदेखि विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएसँगै राष्ट्र बैंकले चालू मौद्रिक नीतिबाट विदेश घुम्न जाने नेपालीलाई दिने रकम बढाएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *