मौद्रिक नीति आएसँगै सेयर बजारमा उछाल, लगानीकर्ता उत्साहित

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजार उछाल आएको छ । आज सेयर बजारमा ६३.२४ अंकको उछाल आएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा दिए बापत कायम गर्नुपर्ने जोखिम भार पुनरावलोकन गर्ने भएको छ । चालु आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंकले सेयर धितो कर्जा, घरजग्गा र हायर पर्चेज कर्जाको विद्यमान जोखिमभारको व्यवस्था परिमार्जन गर्ने निर्णय गर्न्दै राष्ट्र बैंक केही लचक बनेको हो ।

पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु मौद्रिक नीतिपश्चात उत्साहित भएका छन् । मौद्रिक नीती लगानिकर्ता मैत्री र सोचेभन्दा राम्रो आएको प्रतिक्रिया लगानीकर्ताहरुले दिइरहेका छन् । यद्यपी सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमाबारे भने राष्ट्र बैंक मौन रहेको छ ।

आज सेयर बजार मापक नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ को विन्दुमा उक्लिएको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.४१ अंकले बढेर ४२४.९३ को विन्दुमा पुगेको छ। ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहममा  हरियाली छाएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २६६ कम्पनीका एक कराेड २० लाख २ हजार ३०८ कित्ता सेयर ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँमा कारोबार भएकाे छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *