काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सेयर धितो लगायतमा मार्जिन प्रकृतिका कर्जाको जोखिम भारको पुनरावलोकन गर्ने भएको छ। केन्द्रीय बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो।
‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ ।’ मौद्रिक नीतिमार्फत उल्लेख गरिएको छ ।
हाल २५ लाख रुपैयाँभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम भार कायम गरिएको छ । २५ लाख रुपैयाँसम्मको कर्जामा भने १०० प्रतिशत कायम रहेको छ।
धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका Private Equity Fund/Venture Capital Fund मा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्था पनि पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।




