काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । राष्ट्र बैंकले साउन ९ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो ।
राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँ र ९१ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ । उक्त ट्रेजरी बिल क्रमशः भदौ ५ गते र कात्तिक ७ गते परिपक्व हुनेछन् ।
यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।




