काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ। मौद्रिक नीति राष्ट्र बैंक वेबसाइटमार्फत सार्वजनिक गरिन लागिएको हो ।
मौद्रिक नीतिमाथि छलफल गर्न बिहान साढे ८ बजेदेखि बैठक जारी छ । बैठकबाट मौद्रिक नीति पारित भएलगत्तै वेबसाइटमार्फत सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ ।




