विमानस्थलभित्र थप एक सय किलो सुन रहेको आशंका

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंकापछि राजस्व अनुसन्धान विभागले विशेष निगरानीलाई जारी राखेको छ ।

मंगलबार मात्रै विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको अवस्थामा करिब सय केजी सुन बरामद भएको थियो । थप उस्तै प्रकृतिको एक सय किलो बढी सुन विमानस्थल भित्रै रहेको आशंकाको आधारमा अप्रेशन जारी राखेको विभागले जनाएको छ ।

बुधबार मात्रै मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद भएकाे थियाे। बरामद भएकाे उक्त सुन परीक्षणका लागि टक्सार विभाग लगिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *