दिपक मल्होत्रा भन्छन् – ‘गिरोह बचाउन मलाई मुछियो, सुन प्रकरणमा मेरो संलग्नता छैन’

काठमाडौँ । व्यवसायी दीपक मल्होत्राले त्रिभुवन विमास्थलबाट मंगलबार बरामद भएको सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले बरामद भएको सुनसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए ।

राजश्व अनुसन्धान विभागले हिजो भन्सार जाँच पास भएर बाहिरिएको झण्डै १०० किलो सुन बरामद गरेको थियो । बरामद भएको सुन व्यवसायी मल्होत्राको भएको दाबी गर्दै एक पत्रिकाले बिहीबार समाचार छापेको थियो । मल्होत्राले उक्त समाचारप्रति आपत्ति जनाएका छन् ।

उनले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन् । उनले गिरोह बचाउन आफुलाई मुछिएको समेत आरोप लगाएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *