हिमालयन बैंकको साढे ७ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको साढे ७ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ।

बैंकले ७ लाख ५१ हजार ६८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनीहरु बालकृष्ण श्रेष्ठको ५ लाख २६ हजार २२५ कित्ता, अमिर श्रेष्ठको २ लाख ४९२ कित्ता, राजकृष्ण श्रेष्ठको २३ हजार ६७७ कित्ता र मण्डला इन्भेस्टमेन्ट कम्पनीको १ हजार २८६ कित्ता सेयर छन्।

बिक्रीमा राखिएको सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको काठमाण्डौको कमलादीस्थित केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेेछ। संस्थापक सेयरधनीहरुले बिक्रीमा राखेको सेयरको मूल्य फरक–फरक रहेकोले मूल्यसम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिन सकिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *