यस्तो छ आजको सुनचाँदीको बजारमूल्य

काठमाडौं । नेपाल बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

आज बुधबार सुनकाे मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला  १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५५० रुपैयाँ पुगेको छ ।

हिजो मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन  छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४८० रुपैयाँ कायम भएको छ । हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *