आरएसडिसी लघुवित्तले कमायो ११ करोड बढी नाफा, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले ११ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष संस्थाले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफामा समेत वृद्धि भएको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.२१ प्रतिशतके बढेर २८ करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको यस्तो आम्दानी २३ करोड ९० लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ५.८८ प्रतिशत मात्र बढेको छ । यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १५ करोड ९२ लाख रुपैयाँ पुगेको छ । संस्थाको निष्क्रिय कर्जा ०.४९ प्रतिशतबाट बढेर १.२२ प्रतिशत पुगेका छ। जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ करोड ९९ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने ८ करोड ८ लाख रहेको छ ।

नाफा बढेपनि लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १३ रुपैयाँ १२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा २८ पैसा घटेर १२ रुपैयाँ ८४ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा रहेको छ।

गत आर्थिक वर्ष ८ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पूँजी ८६ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस लघुवित्तको जगेडा कोषमा २० करोड ३९ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ५ अर्ब ८२ करोड रुपैयाँ सापटिबाट ६ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *