काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजार सामान्य बढेको छ । आज नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ को विन्दुमा बन्द भएको छ ।
आज ३५४ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २५ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको १९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहश ऊर्जाको १९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस संस्थाका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । स्नो रिभर्सका लगानीकर्ताले १३.९२ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ४.७५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रिज लाइन इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६.२९ प्रतिशतका दरले गुमाएका हुन् ।





