

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनाको अवधि वाणिज्य बैंकहरुले ६७ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउनदेखि २०८० जेठसम्मको अवधिमा २१ वटा वाणिज्य बैंकले कुल ६७ अर्ब २३ करोड खुद नाफा गरेका हुन् ।
२१ वटा वाणिज्य बैंकमध्ये नबिल बैंकले सर्वाधिक नाफा आर्जन गर्न सफल भएको छ । यस अवधिमा नबिलले ७ अर्ब ११ करोड खुद नाफा आर्जन गरेको छ । त्यसैगरी सर्वाधिक नाफा गर्ने दोस्रो नम्बरमा ग्लोबल आईएमई बैंक छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेको छ । यी बैंकले क्रमश: ६ अर्ब ५० करोड र ४ अर्ब ७६ करोड खुद नाफा आर्जन गरेको छ ।
एनआईसी एसिया बैंकको चौथो स्थानमा झरेको छ । बैंकले ४ अर्ब ६३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो महिना एनआईसी एसिया तेस्रो स्थानमा रहेको थियो । राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड खुद नाफासहित पाँचौँ स्थानमा छ ।
यस अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकको रहेको छ । कृषि विकास बैंकले १ अर्ब ५६ करोड खुद नाफा गरेको छ ।
हेर्नुस् कुन बैंकको खुद नाफा कति ?
- नबिल बैंक- ७ अर्ब ११ करोड
- ग्लोबल आईएमई बैंक – ६ अर्ब ५० करोड
- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक- ४ अर्ब ७६ करोड
- एनआईसी एसिया बैंक- ४ अर्ब ६३ करोड
- राष्ट्रिय वाणिज्य बैंक – ४ अर्ब ४७ करोड
- एनएनबि बैंक – ३ अर्ब ३२ करोड
- हिमालयन बैंक – ३ अर्ब २९ करोड
- प्राइम बैंक – ३ अर्ब २१ करोड
- स्ट्यान्डर्ड चार्टर्ड बैंक – ३ अर्ब ११ करोड
- नेपाल बैंक – ३ अर्ब ७ करोड
- एभरेष्ट बैंक – ३ अर्ब ६ करोड
- कुमारी बैंक – २ अर्ब ९५ करोड
- प्रभु बैंक -२ अर्ब ८९ करोड
- सानिमा बैंक – २ अर्ब २५ करोड
- सिद्धार्थ बैंक – २ अर्ब २२ करोड
- नेपाल एसबिआई बैंक – २ अर्ब ९ करोड
- लक्ष्मी बैंक – १ अर्ब ६८ करोड
- माछापुच्छ्रे बैंक – १ अर्ब ६८ करोड
- सिटिजन्स बैंक – १ अर्ब ६८ करोड
- सनराइज बैंक – १ अर्ब ५९ करोड
- कृषि विकास बैंक – १ अर्ब ५६ करोड

अर्थ सन्जाल