काठमाडौं । सेयर बजार मंगलबार पनि उकालो लागेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४.०७ को विन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.०४ अंकले बढेर ४०७.१३ को विन्दुमा उक्लिएको छ। साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.५५ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूहमा १.३६ प्रतिशतले बढ्दा बैंकि समूहमा १.०८ प्रतिशत, लगानी समूहमा ०.१८ प्रतिशत, जीवन बीमा समूहमा ०.१५ प्रतिशत, लघुवित्त समूहमा ०.४३ प्रतिशत र अन्य समूहमा ०.४९ प्रतिशतको बढोत्तरी भएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.४५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ०.८८ प्रतिशतले घट्दा वित्त समूहमा ०.२१ प्रतिशत, जलविद्युत समूहमा ०.४१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३७ प्रतिशत र व्यापार समूहमा ०.३५ प्रतिशतको गिरावट आएको छ।
आज स्वावलम्बन लघुवित्तको सर्वाधिक २१ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
शिवम सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, सोल्टी होटेल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, आइजीआई इन्स्योरेन्स, एनआईसी एसिया बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको थियो।




