सानिमा ग्रोथ फण्डको लाभांश घोषणा

काठमाडाैं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ ।

सानिमा ग्रोथ फण्ड योजनाको गत आर्थिक वर्ष २०८२/८३ का लागि योजना व्यवस्थापकको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त योजनाको इकाईधनीहरूलाई कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले लाभांश वितरणका लागि भदौ १८ गते एक दिनका लागि दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ ।

सानिमा ग्रोथ फण्ड बन्दमुखी किसिमको योजना हो । यस योजनाको कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँको रहको छ । गत असार मसान्तसम्म खुद सम्पत्तिको मूल्य १०.५४ रुपैयाँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *