हिमालयन लाइफ इन्स्योरेन्सको ५१ हजार बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको ५१ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ ।

कम्पनीको संस्थापकधनी हेमन्त नाहटाको नाममा रहेको (साबिक गुराँ लाइफ इन्स्योरेन्स) ५१ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। हाल यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *