काठमाडौं । दसैंलाई लक्षित गर्दै सरकारले घटस्थापनादेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ।
यातायात व्यवस्था विभागले सरोकारवालासँगको बैठकपछि दसैं अवधिभर नेपालभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो। यस वर्षको घटस्थापना २५ असोजमा परेको छ।
बैठकले २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण त्यस बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनलाई भने बन्देज कायमै रहने उल्लेख गरेको छ ।




