च्याम्पियन नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं । बंगलादेशमा मैत्रीपूर्ण सिरिजको उपाधि जितेको राष्ट्रिय महिला फुटबल टिम सोमबार स्वदेश फिर्ता भएको छ । घरेलु टोलीलाई दोस्रो मैत्रीपूर्ण खेलमा टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित निकालेको महिला राष्ट्रिय टोली ट्रफीसहित सोमबार स्वदेश फर्किएको हो।

बंगलादेशमा भएको दुई मैत्रीपूर्ण म्याचमा बराबरी खेलेको नेपालले टाईब्रेकरमा घरेलु टोली बंगलादेशलाई पराजित गर्दै फिफा मान्यताको मैत्रीपूर्ण सिरिज हात पारेको थियो ।

गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालदेशसँग ३–१ ले पराजित भएको थियो। एशियाडको तयारीमा रहेको नेपाली महिला टिम एक्सपोजरका लागि बंगलादेश गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *